सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
सल्यान । सल्यानका तीन गाउँपालिका र एक नगरपालिकामा गरिएको स्वास्थ्य परीक्षणका क्रममा ८८ जनामा स्क्रबटाइफसको संक्रमण पुष्टि भएको छ।
दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस खोजपड्ताल शिविरमा परीक्षण गरिएका व्यक्तिमध्ये ८८ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार सबैभन्दा धेरै संक्रमण दार्मा गाउँपालिकामा देखिएको छ। त्यहाँ मात्रै ५४ जनामा स्क्रबटाइफस पुष्टि भएको छ।
दार्मा गाउँपालिका–१ मा १६० जनाको परीक्षण गर्दा ३७ जनामा र वडा नम्बर ५ मा १८१ जनाको परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको रिजालले बताए।
यस्तै, कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षण गर्दा एक जना पुरुष, वडा नम्बर ६ मा ५३ जनामध्ये ६ जना र वडा नम्बर ७ मा ३८ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ।
कालीमाटी गाउँपालिका–४ धुरचौरमा २१ जनाको परीक्षण गर्दा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ। बागचौर नगरपालिका–४ मा १११ जनाको परीक्षण गर्दा १० जना महिलामा स्क्रबटाइफस पुष्टि भएको रिजालले बताए।
संक्रमण बढ्दै गएपछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि करिब ८०० थान परीक्षण किटसहित आवश्यक औषधि पठाएको थियो। निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार थप ४५० थान परीक्षण किट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत पठाइएको छ।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, प्रमुख बने डा. विनोद राजभण्डारी
आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा फार्मेसीलाई नियमनभित्र समेट्न औषधि व्यवसायीको माग
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
‘आमा र शिशुको स्वास्थ्यका लागि ६ महिना सुत्केरी विदा आवश्यक’
WHO flags growing health workforce gap as workers and patients age
रोबोटिक सर्जरीदेखि HPV खोपसम्म : महिलाको स्वास्थ्यबारे डा. भगतसँग विशेष भिडियो कुराकानी
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल




प्रतिकृया दिनुहोस