गुणस्तरमा टाइम फर्मास्युटिकल्सको दाबी : ‘'ग्लिपिड–१' रिकल गर्नु पर्दैन
काठमाडौं । नेपाली औषधी उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्सले व्याच नं GM-070 को GLIPID-1 नामक औषधी गुणस्तरहीन नभएको बताएको छ ।
औषधी व्यवस्था विभागले बजार अनुगमनका क्रममा ल्याइएको GLIPID-1 को स्याम्पल पीसको गुणस्तर एकीन गर्दा डिजोलुसन टेष्ट फेल भएको भन्दै १ असोजमा सूचना जारी गर्दै बजारबाट फिर्ता (रिकल) गर्न कम्पनीलाई निर्देशन दिएको थियो । टाइम फर्मास्युटिकल्सले भने विभागको पत्र पछि आफूहरुले पुन आफ्नो क्वालिटी एसुरेन्स शाखामा रहेको कन्ट्रोल स्याम्पललाई पुन: प्रयोगशाला जाँच गर्दा समेत उक्त औषधीमा हुनु पर्ने गुणस्तर कायम रहेको जनाएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठद्वारा जारी विज्ञप्ति तथा विभागमा पठाइएको पत्र अनुसार, राष्ट्रिय औषधि प्रयोगशाला र उद्योगको परीक्षण विधि (Method) फरक परेका कारण यो अवस्था सिर्जना भएको हो। United States Pharmacopeia (USP) को गाइडलाइनमा ‘Test 1’ वा ‘Test 2’ जुनसुकै विधिबाट पनि परीक्षण गर्न सकिने उल्लेख छ। राष्ट्रिय औषधि प्रयोगशालाले ‘USP Dissolution Test-I Method’ बाट परीक्षण गरेको र कम्पनीले आफ्नै क्वालिटी कन्ट्रोल शाखाको 'कन्ट्रोल सेम्पल' लाई ‘USP Dissolution Test-II Method’ बाट परीक्षण गर्दा ४५ मिनेटमा ९३ प्रतिशत ‘ड्रग रिलिज’ भई औषधि पास भएको कम्पनीको भनाइ छ।
रिकल गर्न विभागले काटेको पत्रको जवाफ दिदै कम्पनीका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले आफूकहाँ गुणस्तरीय औषधी उत्पादन भए पनि थोक तथा खुद्रा विक्रेता साथै जिल्ला अस्पताल तथा हेल्थपोष्टका औषधी भण्डारण कक्ष मापदण्ड अनुसार नभएको हुन सक्ने उल्लेख छ ।
टाइमले गत १ असोजमा प्रकाशित सूचनामा रिकल गर्ने निर्णय सार्वजनिक भएकोमा अब सो निर्णय बदर गर्ने निर्णय गरी त्यसको जानकारी सर्वसाधारणले थाहा पाउने गरी प्रवाह गर्न समेत भनेको छ । टाइमले रिकलको लागि आएको व्याचको औषधीमा आफूले जाँच गर्दा गुणस्तर पास भएको सम्पूर्ण विवरण पनि विभागलाई उपलव्ध गराएको उल्लेख गरेको छ ।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, प्रमुख बने डा. विनोद राजभण्डारी
आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा फार्मेसीलाई नियमनभित्र समेट्न औषधि व्यवसायीको माग
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
‘आमा र शिशुको स्वास्थ्यका लागि ६ महिना सुत्केरी विदा आवश्यक’
WHO flags growing health workforce gap as workers and patients age
रोबोटिक सर्जरीदेखि HPV खोपसम्म : महिलाको स्वास्थ्यबारे डा. भगतसँग विशेष भिडियो कुराकानी
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल




प्रतिकृया दिनुहोस