रोबोटिक सर्जरीदेखि HPV खोपसम्म : महिलाको स्वास्थ्यबारे डा. भगतसँग विशेष भिडियो कुराकानी

काठमाडौं । महिनावारी सुकिसकेपछि पुनः रक्तस्राव भए त्यसलाई सामान्य ठानेर बेवास्ता गर्न नहुने स्त्रीरोग क्यान्सर विशेषज्ञ डा. वीरेन्द्र भगतले बताएका छन्।

The Health Show Podcast मा कुराकानी गर्दै उनले एक वर्षसम्म महिनावारी नभएपछि पुनः रक्तस्राव हुनु पाठेघरको झिल्लीको क्यान्सरसहित अन्य समस्याको संकेत हुन सक्ने बताए। उनका अनुसार शारीरिक सम्बन्धपछि रक्तस्राव हुनु पाठेघरको मुखको क्यान्सरको संकेत हुन सक्छ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन एचपीभी खोपसँगै नियमित प्याप स्मियर वा एचपीभी डीएनए परीक्षण आवश्यक रहेको उनले बताए।

डिम्बाशयको क्यान्सर सुरुवाती अवस्थामा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। महिलामा देखिने फाइब्रोइड क्यान्सर नभई गैरक्यान्सरयुक्त गाँठो भएको र यसको उपचार आवश्यकताअनुसार गर्नुपर्ने उनले बताए। साथै, महिलाको क्यान्सर तथा अन्य समस्याको उपचारमा ल्याप्रोस्कोपिक र रोबोटिक सर्जरीको प्रयोग बढ्दै गएको उनले जानकारी दिए।

डा. वीरेन्द्र भगतको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्।

​​​​​​​

प्रतिकृया दिनुहोस
↑