महिलाको यौन तथा पिसाबसम्बन्धी समस्या किन हुन्छ? (भिडियो कुराकानी )

महिलामा प्रसूति, उमेर बढ्दै जाँदा हुने हर्मोन परिवर्तन र मेनोपजका कारण यौन तथा पिसाबसम्बन्धी विभिन्न समस्या देखिन सक्छन्। यिनै विषयमा The Health Show मा स्त्री तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. मन्दिका छेत्रीसँग विशेष कुराकानी गरिएको छ।

कुराकानीमा हाँस्दा, खोक्दा वा दौडिँदा पिसाब चुहिने समस्या, यौनसम्पर्कमा दुखाइ तथा पोल्ने, योनि सुख्खापन, पटक–पटक पिसाब संक्रमण र मेनोपजका कारण हुने यौन स्वास्थ्यसम्बन्धी समस्याबारे चर्चा गरिएको छ।

डा. छेत्रीले समस्यालाई लुकाएर बस्नुभन्दा समयमै चिकित्सकसँग परामर्श लिनुपर्ने बताइन्। समस्या र गम्भीरताअनुसार औषधि, जीवनशैली परिवर्तन, नन–सर्जिकल उपचारदेखि आवश्यक परे शल्यक्रियासम्मका विकल्प रहेको उनले जानकारी दिइन्।

डा. मन्दिका छेत्रीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्।

 

प्रतिकृया दिनुहोस
↑