तनाव, अस्वस्थ खानपान र वंशानुगत कारणले युवामै बढ्दै कपाल झर्ने समस्या
काठमाडौं । पछिल्ला वर्षहरूमा २० देखि २५ वर्षकै उमेरमा कपाल झर्ने तथा तालुपनाको समस्या बढ्दो क्रममा रहेको छ। छाला तथा यौनरोग विशेषज्ञ डा. सूचना मराठाका अनुसार तनावपूर्ण जीवनशैली, अस्वस्थ खानपान, हर्मोनल परिवर्तन र वंशानुगत कारणले युवाहरूमा यो समस्या पहिलेभन्दा छिटो देखिन थालेको हो।
हेल्थबानीसँगको विशेष कुराकानीमा डा. मराठाले पहिले ४० वर्षपछि देखिने वंशानुगत तालुपनाको समस्या अहिलेको पुस्तामा करिब एक दशकअघि नै देखिन थालेको बताइन्। “अहिलेको जीवनशैली धेरै तनावपूर्ण छ, खानपान पनि अस्वस्थ बन्दै गएको छ। यसले हर्मोनमा प्रभाव पारेर कपाल झर्ने समस्या कम उमेरमै देखिन थालेको छ,” उनले भनिन्।
उनका अनुसार दैनिक केही मात्रामा कपाल झर्नु सामान्य भए पनि अत्यधिक कपाल झर्न थालेमा त्यसलाई बेवास्ता गर्नु हुँदैन। कपाल झर्नु केवल सौन्दर्यसँग सम्बन्धित विषय नभई शरीरमा पोषणको कमी, हर्मोनल असन्तुलन वा अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ।
डा. मराठाले कपाल झर्ने समस्या प्रारम्भिक चरणमै पहिचान गरी उपचार सुरु गर्न सके राम्रो नतिजा प्राप्त हुने बताइन्। “जबसम्म कपालका जराहरू सक्रिय छन्, औषधि र उचित हेरचाहबाट सुधार ल्याउन सकिन्छ। तर धेरै भाग खाली भइसकेपछि भने हेयर ट्रान्सप्लान्ट आवश्यक पर्न सक्छ,” उनले स्पष्ट पारिन्।
हेयर ट्रान्सप्लान्टबारे चर्चा गर्दै उनले यो विधि विशेषगरी वंशानुगत तालुपनाका लागि प्रभावकारी रहेको बताइन्। यद्यपि, २५ वर्षभन्दा कम उमेरमा ट्रान्सप्लान्ट नगर्न चिकित्सकहरूले सल्लाह दिने गरेको उल्लेख गर्दै उनले कपाल झर्ने अवस्थाको स्थायित्व मूल्यांकन गर्न समय आवश्यक पर्ने बताइन्।
घरायसी उपचारका रूपमा प्रयोग हुने प्याजको रस वा अदुवाको रसले केही हदसम्म कपालका जरालाई सक्रिय बनाउन मद्दत गर्न सक्ने भए पनि त्यसलाई पूर्ण उपचारका रूपमा लिन नहुने उनको भनाइ छ। यस्ता उपायले सीमित लाभ दिन सक्छन्, तर वैज्ञानिक रूपमा प्रमाणित उपचारको विकल्प बन्न नसक्ने उनले बताइन्।
डा. मराठाले कपाल स्वस्थ राख्न सन्तुलित आहार, पर्याप्त निद्रा, तनाव व्यवस्थापन, धूम्रपानबाट टाढा रहनु तथा आवश्यक परे विशेषज्ञ चिकित्सकको परामर्श लिन सुझाव दिइन्।
थप कुराकानी भिडियाेमा
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग




प्रतिकृया दिनुहोस