एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
दाङको घोराहीकी १२ वर्षीया बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले कक्षा ६ मा अध्ययनरत आयशा परबिनको स्वास्थ्य अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद सिद्दिकीका अनुसार बालिकालाई एचपीभी खोप लगाएलगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो । गम्भीर बिरामी भएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आईसीयूमा उपचार गरिएको थियो ।
हाल बालिका घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्था रहेको सांसद सिद्दिकीले सदनमा जानकारी गराइन् । उनले घटनाको गम्भीरतापूर्वक छानबिन गरी स्वास्थ्य समस्या र खोपबीचको सम्बन्धबारे आवश्यक परीक्षण गर्न तथा पीडित परिवारलाई उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
यसैबीच, सांसद सिद्दिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धारको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गरिन् ।
उनले मुलुकमा बढ्दो महँगी, नागरिकले भोगिरहेको आर्थिक संकट तथा आत्महत्याका घटनाप्रति समेत सरकारको ध्यानाकर्षण गराइन् । नागरिकको जीवनरक्षा र आर्थिक संकट न्यूनीकरणका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने उनको भनाइ थियो ।
सांसद सिद्दिकीले भनिन्, ‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन् । आत्महत्याका घटना किन बढिरहेका छन् ? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदैछ ?’
उनले जिम्मेवार अभिभावकका रूपमा सरकारले नागरिकका प्रश्नको जवाफ दिनुपर्ने बताइन्।
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग



.jpeg)
प्रतिकृया दिनुहोस