जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
दोलखाको जिरी नगरपालिका वडा नम्बर– ९ मा एकजना महिला शिक्षकलाई कोभिड– १९ सङ्क्रमण पुष्टि भएको छ । केही दिन अघि काठमाडौँ पुगेर फर्किएको उनलाई रुघा, खोकी, ज्वरो, जिउ दुख्ने लगायतका समस्या देखिएपछि स्वाब परीक्षण गर्दा कोभिड– १९ सङ्क्रमण पुष्टि भएको जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दहालले बताए ।
वडा नम्बर– ९ ठूलोपातलको एक विद्यालयमा भदौ २७ गते सुरुमा दुई जना शिक्षकलाई रुघा, खोकी, ज्वरो जस्ता समस्या देखिएको र त्यो समस्या विद्यार्थी तथा अभिभावकहरुमा समेत देखिएपछि असोज ४ गतेबाट उक्त विद्यालय बन्द गरिएको थियो ।
ठूलोपातलमा इन्फ्लुएन्जा देखिएको जानकारी आएपछि जिरी नगरपालिकाबाट डक्टर सहितको टोली पुगेर शिक्षक, विद्यार्थी र अभिभावक सहित ७ जनाको स्वाब परीक्षण गर्दा एक जना महिला शिक्षकमा कोभिड– १९ सङ्क्रमण पुष्टि भएको नगरपालिकाको जनस्वास्थ्य अधिकृत सुस्मीता रिमालले बताइन । ७ जनाको स्वाब परीक्षण गरिएकोमा ५ जनामा भने इन्फ्लुएन्जा देखिएको थियो ।
७ जना बिरामीको स्वाब संकलन गरी असोज ६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पटाइएकोमा असोज ९ गते शुक्रवार एक जनामा कोभिड– १९ सङ्क्रमण देखिएको बारे जानकारी प्राप्त भएको थियो ।
कोभिड– १९ सङ्क्रमण पुष्टि भएको महिला शिक्षकमा अहिले कुनै लक्षण नदेखिएको र उनी पूर्णरुपमा स्वस्थ रहेको जनस्वास्थ्य अधिकृत रिमालले बताइन । अहिले उनलाई होम आईसोलेसनमा राखिएको र उनीसंग नजिक रहेका केहीलाई रुघा, खोकी, ज्वरोको सामान्य समस्या देखिएपछि उनीहरु लाई पनि होम आईसोलेसनमा राखेर निगरानी गरिरहेको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जिरी नगरपालिका वडा नम्बर– ९ को ठूलोपातल, लेख खर्क र सल्लेमा डेंगु, स्क्रफ टाईफस र इन्फ्लुएन्जाको लक्षण भएका बिरामी देखिएको तर कसैलाई पनि अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था भने नरहेको जनस्वास्थ्य अधिकृत रिमालले बताइन । नगरपालिकाको अन्य केही ठाउँमा भने डेंगु र स्क्रफ टाईफसका विरामीमात्र देखिएको उनको भनाई छ ।
सुरु– सुरुमा सङ्क्रमण देखिएका बिरामी ठिक भएको र केही नयाँ विरामीहरु देखिएकोले कन्ट्रयाक ट्रेसिङको काम भै रहेको जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रिमालले बताइन ।
भर्खरै
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय : मन्त्री मेहता
क्यान्सर रोकथामका लागि स्याङ्जामा एचपीभी खोप अभियान
मानसिक रोगबाट बच्न के गर्न सकिन्छ? डा. प्रदीप पाण्डेका यी सुझाव उपयोगी
महँगो ‘वेलनेश’ होइन, कम खर्चमै स्वस्थ र खुसी रहने यी उपाय
आज देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षाको सम्भावना
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
खुट्टा सुनिनु सामान्य होइन, रक्तनलीमा रगत जमेको संकेत हुन सक्छ(भिडियो कुराकानी)
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग




प्रतिकृया दिनुहोस