आज देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको बाँकी हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल र तराई भुभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति देशका हिमाली र पहाडी भूभागमा तथा सुदुरपश्चिम र लुम्बिनी प्रदेशको तराई भुभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
भर्खरै
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय : मन्त्री मेहता
क्यान्सर रोकथामका लागि स्याङ्जामा एचपीभी खोप अभियान
मानसिक रोगबाट बच्न के गर्न सकिन्छ? डा. प्रदीप पाण्डेका यी सुझाव उपयोगी
महँगो ‘वेलनेश’ होइन, कम खर्चमै स्वस्थ र खुसी रहने यी उपाय
आज देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षाको सम्भावना
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
खुट्टा सुनिनु सामान्य होइन, रक्तनलीमा रगत जमेको संकेत हुन सक्छ(भिडियो कुराकानी)
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग




प्रतिकृया दिनुहोस