खुट्टा सुनिनु सामान्य होइन, रक्तनलीमा रगत जमेको संकेत हुन सक्छ(भिडियो कुराकानी)
खुट्टा एक्कासी सुनिनु सामान्य समस्या मात्र नहुन सक्छ। रक्तनलीमा रगत जम्दा डीप भेन थ्रोम्बोसिस (DVT) हुन सक्छ। यस्तो रगत छुटेर फोक्सोमा पुगेमा पल्मोनरी एम्बोलिजम भएर ज्यानसमेत जोखिममा पर्न सक्छ।
भास्कुलर तथा इन्डोभास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेका अनुसार खुट्टा एकातिर मात्र सुनिनु, धेरै दुख्नु, तातो हुनु, खुट्टा कस्सिनु वा औँला चिसो भएर नीलो/कालो हुँदै जानु जस्ता लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ।
लामो समय बस्ने, लामो यात्रा गर्ने, धूम्रपान, मोटोपना, मधुमेह तथा केही हार्मोनल औषधिले रक्तनलीमा समस्या र रगत जम्ने जोखिम बढाउन सक्छ।
विशेषगरी लामो यात्रा गर्दा समय–समयमा खुट्टा चलाउने, पर्याप्त पानी पिउने र सम्भव भएसम्म हिँडडुल गर्ने चिकित्सकको सुझाव छ।
डा. सन्दीपराज पाण्डेको विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्।
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग



.jpeg)
प्रतिकृया दिनुहोस