डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न स्वास्थ्य समिति गठन गरेको छ। महाधिवेशन व्यवस्थापनका लागि गठित विभिन्न समितिअन्तर्गत कांग्रेसले स्वास्थ्य समिति गठन गरेको हो।

कांग्रेसले असोज ९ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ।

समितिको सदस्यमा डा. अन्जनीकुमार झा, प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष र नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष रहेका छन्।

महाधिवेशनका क्रममा सहभागी प्रतिनिधि तथा अन्य व्यक्तिको स्वास्थ्यसम्बन्धी आवश्यक व्यवस्थापन, स्वास्थ्य सेवा तथा समन्वयका लागि समितिले काम गर्नेछ।

कांग्रेसले महाधिवेशन व्यवस्थापनका लागि स्वास्थ्यसँगै आर्थिक, सूचना सञ्चार तथा प्रविधि, आवास, भोजन, यातायात, अतिथि स्वागतलगायत विभिन्न समिति गठन गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑