नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको भूमिका थप प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालको अध्यक्षतामा भएको छलफलमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिलगायत सहभागी थिए।
छलफलमा डा. अग्रवालले काउन्सिल डाक्टरको परीक्षा लिने र अनुमतिपत्र दिने निकायमा मात्र सीमित नभई योग्य तथा दक्ष चिकित्सक उत्पादन र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने महत्वपूर्ण संस्था भएको बताए।
काउन्सिलका प्रतिनिधिले चिकित्सकको गुणस्तर सुधारका लागि ज्ञानमा आधारित परीक्षासँगै सीपमा आधारित परीक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। उनीहरूले परीक्षाको विकेन्द्रीकरण, आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन तथा सूचना प्रविधिको सुदृढीकरण आवश्यक रहेको बताए।
त्यस्तै, काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा उत्तीर्ण हुने चिकित्सकको प्रतिशत कम हुनुका कारण विद्यार्थी छनोट प्रक्रिया र चिकित्सा शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको थियो।
प्रधानमन्त्री कार्यालयका अन्य सहभागीले पनि काउन्सिलको कामलाई प्रभावकारी बनाउन आवश्यक सुधार र सहयोगका विषयमा धारणा राखे।
जवाफमा स्वास्थ्य सल्लाहकार डा. अग्रवालले जनताका गुनासा छिटो सम्बोधन गर्न तथा मर्यादित स्वास्थ्य सेवा र गुणस्तरीय चिकित्सक सुनिश्चित गर्न काउन्सिललाई आग्रह गरे। काउन्सिलका जायज आवश्यकता सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले प्रविधि तथा आवश्यक अन्य सहयोग उपलब्ध गराउने बताए।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालबाट १२ लाख भन्दा बढी सहयोग
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
मधेस प्रदेशमा स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत


.jpeg)

प्रतिकृया दिनुहोस