खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सर्वसाधारणको राय तथा सुझावका लागि सार्वजनिक गरेको छ।
मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण, सरोकारवाला तथा सम्बन्धित पक्षबाट राय तथा सुझाव मागेको हो।
नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुकूल हुने गरी ऐनका केही व्यवस्था संशोधन तथा थप स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएपछि संशोधन विधेयकको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ।
प्रस्तावित संशोधनमा खाद्य स्वच्छताको परीक्षण तथा अनुगमनका क्रममा अखाद्य पदार्थ वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री तथा वितरण गरेको पाइएमा तत्काल जरिवाना गर्न सकिने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी व्यवस्था थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले उक्त व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मस्यौदामाथि कुनै राय वा सुझाव भए २०८३ असोज १४ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेलमार्फत पठाउन अनुरोध गरेको छ। प्राप्त राय तथा सुझावलाई आवश्यकताअनुसार समेटी संशोधन विधेयकको मस्यौदालाई थप परिमार्जन गरिने मन्त्रालयले जनाएको छ।
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग



.jpeg)
प्रतिकृया दिनुहोस