बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ।
गत भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सकसहितको टोली नुवाकोटमा खटिएको हो। टोलीले नुवाकोट आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा नुवाकोट स्वास्थ्य चौकीलगायतका स्थानमा हेल्थ क्याम्प सञ्चालन गर्दै स्वास्थ्य सेवा प्रदान गरेको छ।
स्वास्थ्य टोलीले विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा रहेका २५ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढी प्रभावितको समेत स्वास्थ्य परीक्षण गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सो क्षेत्रको समग्र कमाण्ड प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठले सम्हाल्दै आएका छन्। स्वास्थ्य उपचारमा प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. रोशन पराजुली र डा. गंगाराम खत्री खटिएका थिए। हाल प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. शोभा डंगोल स्वास्थ्य सेवाका लागि सो क्षेत्रमा निरन्तर खटिइरहेकी छन्।
यसैबीच, नुवाकोटस्थित केन्द्रीय कारागारमा फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गरेको छ। टोलीले ४०२ जना कैदीबन्दीलाई स्वास्थ्यसम्बन्धी परामर्श समेत दिएको जनाएको छ।
सशस्त्र प्रहरीको स्वास्थ्य टोली उपचारमा मात्र सीमित नरही विपद्पछि फैलन सक्ने सरुवा रोग तथा महामारीको जोखिम न्यूनीकरणका लागि वातावरणीय सरसफाइमा समेत सक्रिय भएको छ। टोलीले नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर तथा केन्द्रीय कारागार नुवाकोट क्षेत्रमा किटनाशक औषधि छर्किएको जनाएको छ।
यस अभियानमार्फत बाढी प्रभावित समुदायमा तत्काल स्वास्थ्य सेवा पुर्याउनुका साथै विपद्पछिको स्वास्थ्य जोखिम र सम्भावित महामारी नियन्त्रणमा समेत सहयोग पुर्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग


.jpeg)

प्रतिकृया दिनुहोस