काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
बनेपा । काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये २० पुरुष र २१ महिला रहेका छन् ।पछिल्लो २४ घण्टाको अवधिमा भने जिल्लाका कुनै पनि पालिकामा डेङ्गीका नयाँ बिरामी नथपिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिशिर पुडासैनीले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १३ स्थानीय तहमध्ये चार पालिकामा मात्रै डेङ्गी सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी पाँचखाल नगरपालिकामा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ११ पुरुष र १० महिला छन् ।
सूचना अधिकारी पुडासैनीका अनुसार बनेपा नगरपालिकामा १३ जना (छ पुरुष र सात महिला), मण्डनदेउपुर नगरपालिकामा छ जना (दुई पुरुष र चार महिला) तथा नमोबुद्ध नगरपालिकामा एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ ।
धुलिखेल र पनौती नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहमा भने हालसम्म डेङ्गीको कुनै पनि सङ्क्रमित दर्ता नभएको कार्यालयले जनाएको छ ।
सूचना अधिकारी पुडासैनीले मनसुनी जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताए ।
उनले घरवरपर पानी जम्न नदिन, लामखुट्टेको बासस्थान नष्ट गर्न ‘खोजी र नष्ट गर’ अभियान सञ्चालन गर्न तथा व्यक्तिगत सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।
भर्खरै
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता, २ हजार बढीको उद्धार
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
मुटुरोगको जोखिम बढाउने ७ कारण, कसरी जोगिने?
मुटुरोगको जोखिम बढ्दो,रोकथाममा लगानी कमजोर
रोग निगरानी प्रणाली देशभर विस्तार गर्दै स्वास्थ्य सेवा विभाग
आजको मौसम : हिमाल र पहाडका केही स्थानमा वर्षाको सम्भावना
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना




प्रतिकृया दिनुहोस