विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
मोरङ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छ। महानगरवासीलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
सोमबार प्रयोगशालाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर कोइरालाले महानगरवासीलाई सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी प्रतिबद्धताअनुसार प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए। उनले अन्य सरकारी अस्पतालको तुलनामा रानी अस्पतालको प्रयोगशाला सेवा थप सहुलियत दरमा उपलब्ध हुने बताए।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले रानी अस्पतालबाट प्रयोगशालासहितका स्वास्थ्य सेवाबाट विपन्न तथा पछाडि परेका समुदाय लाभान्वित हुने बताए। विराटनगर महानगरपालिका–१५ स्थित अस्पतालले निजी अस्पताललाई समेत स्वास्थ्य उपचार सेवामा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राखेको उनको भनाइ थियो।
महानगर स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महानगरवासीलाई सस्तो शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए।
रानी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू भएकाले स्वास्थ्य बीमा कार्डमार्फत निःशुल्क सेवा लिन सकिने महानगरपालिकाले जनाएको छ।
अस्पतालका अनुसार प्रयोगशालामा सुगर, थाइराइड, सीबीसी, लिभर फङ्सन टेस्ट, रेनल फङ्सन टेस्ट, मलेरिया, कालाजार लगायत ४० भन्दा बढी साधारण तथा विशेष प्रकारका परीक्षण हुनेछन्।
महानगरपालिकाले प्रयोगशाला सेवा सञ्चालनमा आएपछि विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायलाई सहज र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस