तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध

काठमाडौँ। तिब्बतमा गेग्रान र पहिरोले नदी थुनेर एउटा ठूलो अस्थायी ताल फुटेको छ। उक्त तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ।

ताल फुटेर तल्लो तटीय क्षेत्र र केरुङ पोर्टमा थप क्षति हुन सक्ने सम्भावना देखिएको छ। ताल फुटेर पुन: भोटेकोशीमा बाढी जाने खतरा बढेको छ भने बाढी पूर्वानुमान महशाखाले नदीमा बाढी बढेको सूचना आएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

यस्तै नेपाल प्रहरीले पनि ताल फुटिसकेकाले सुरक्षित स्थानमा जान उद्धारकर्मी र स्थानीयलाई अनुरोध गरेको छ।

तिब्बततर्फको ड्याम फुटेकाले उद्धार तथा राहतमा खटिएका एवं सर्वसाधारणलाई सुरक्षित स्थानमा जान प्रहरीले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस