रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ।
शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी प्रभावित ८ जिल्लामा गरी ४६९ जनाको शव फेला परेको हो। पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्।
प्रहरीका अनुसार चितवनमा १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
बाढीपछि नदी किनार तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारसँगै फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि भइरहेको छ।
यसअघि सार्वजनिक भएको विवरणमा पनि बाढीका कारण विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको जनाइएको थियो। पछिल्लो विवरणले विपद्को असर अझ भयावह रहेको देखाएको छ।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस