रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
काठमाडौं । भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि डा.अबुल हुसेन अन्सारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्। डा.अन्सारीले बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा सहयोगका लागि सोमबार उक्त रकम कोषको खातामा जम्मा गराएका हुन्।
यसअघि पनि विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने डा.अन्सारीको टोलीले रसुवा बाढी प्रभावित क्षेत्रमा ३ लाख रुपैयाँ बराबरका अत्यावश्यक औषधी तथा मेडिकल सामग्री हस्तान्तरण गरेको थियो।
नगद सहयोग गर्दै डा.अन्सारीले विपत्तिको समयमा बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए।
डा.अन्सारीले एक नेपालीलाई विपत्ति पर्दा अर्को नेपालीले आफ्नो क्षमताअनुसार सहयोग गरेर पीडामा मलम लगाउनुपर्ने धारणा राखे।
डा.अन्सारीले यसअघि पनि मुलुकमा विभिन्न विपत्ति तथा संकटका बेला सहयोग गर्दै आएका छन्। उनी नेकपा एमालेका नेता समेत हुन्।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस