रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
काठमाडौं । रसुवामा आएको भीषण बाढीले घरबारसँगै आफन्तसमेत गुमाएका परिवारका सदस्यहरू अहिले प्रियजनको खबरको प्रतीक्षामा छन्।
टिचिङ अस्पतालमा आफन्तको खोजीमा पुगेकाहरूको हातमा आफन्तका तस्बिर छ । कतैबाट केही खबर आउँछ कि भन्ने आशामा घण्टौँदेखि कुरिरहेका छन्। कोही आफन्तको तस्बिर देखाउँदै खोजी गरिदिन आग्रह गरिरहेका छन् भने कोही फोन बज्ने प्रतीक्षामा छन्।
कसैका आमा–बुबा सम्पर्कविहीन छन्, कसैका दिदीभाइ र छोराछोरी बेपत्ता छन्। अस्पताल परिसरमा भेटिने हरेक अनुहारमा बेचैनी छ, आँखामा आँसु छ र मनमा एउटै प्रश्न-‘हाम्रा आफन्त कहाँ छन्?’
रुपा घले हातमा आफन्तहरूको तस्बिर बोकेर टिचिङ अस्पताल पुगेकी छन्। उनका दिदी, दिदीका सानो छोरा र दाइ बाढीपछि बेपत्ता छन्। आफन्तको अवस्था पत्ता लाग्ने आशामा उनी अस्पताल परिसरमा कुरिरहेकी छन्।
त्यस्तै, सोनाम तामाङका आमा–बुबा नै बाढीपछि सम्पर्कविहीन छन्। आफ्ना बुबाआमाको अवस्था कस्तो छ भन्ने जानकारी नपाउँदा उनी गहिरो चिन्तामा छन्।
उमा घर्ती मगर पनि देवरको खोजीमा अस्पताल पुगेकी छन्। “केही खबर पाइन्छ कि” भन्ने आशामा उनी अस्पताल परिसरमा प्रतीक्षारत छन्।
रसुवा बाढीले घर र सम्पत्तिसँगै धेरै परिवारका आफन्त र भरोसा पनि बगाएको छ। बेपत्ताको अवस्था पत्ता लाग्ने आशामा पीडित परिवार अस्पतालदेखि सम्बन्धित निकायसम्म धाइरहेका छन्।








भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस