मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ

पाठेघर, स्तन र ठूलो आन्द्राको क्यान्सर जाँच हुँदै

भक्तपुर ।  मनोहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  मनोहरा आधारभूत विद्यालयसँगको सहकार्यमा तथा भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा बृहत् क्यान्सर स्क्रिनिङ कार्यक्रम आयोजना गर्ने भएको छ।

चाँगुनारायण नगरपालिका–१, बेसीस्थित श्री मनोहरा आधारभूत विद्यालयमा  भदौ १६ गते (मंगलबार) भोलि बिहान ८ बजेदेखि क्यान्सरसम्बन्धी विभिन्न परीक्षण गरिने भएको हो।

कार्यक्रममा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र ठूलो आन्द्राको क्यान्सरको जाँच गरिने आयोजकले जनाएको छ। पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर, स्तन क्यान्सरका लागि आवश्यक परीक्षण तथा ठूलो आन्द्राको क्यान्सरका लागि दिसाको नमुनामार्फत जाँच गरिनेछ। 

स्तन क्यान्सरको परीक्षण महिला तथा पुरुष दुवैका लागि उपलब्ध हुने आयोजकले जनाएको छ।

प्याप स्मेयर गर्नुअघि के कुरामा ध्यान दिने ?

प्याप स्मेयर परीक्षण गर्नुअघि केही सावधानी अपनाउनुपर्ने आयोजकले जनाएको छ। परीक्षणभन्दा दुई दिनअघि यौन सम्पर्क नगरेको हुनुपर्ने, मलम वा डुस प्रयोग नगरेको हुनुपर्ने तथा महिनावारी भइरहेको समयमा प्याप स्मेयर गर्न नहुने जनाइएको छ।

त्यसैगरी, प्याप स्मेयर परीक्षण गर्नुभन्दा ७ दिनअघि एन्टिबायोटिक सेवन नगरेको हुनुपर्ने आयोजकले जनाएको छ।

क्यान्सरको प्रारम्भिक अवस्थामै पहिचान तथा समयमै उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षणको लाभ लिन आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस