उपचारसँगै अनुसन्धानका लागि भेरी अस्पतालमा ‘बाइट रजिस्ट्र्री’
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाका बिरामीको उपचारसम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्न ‘बाइट रजिस्ट्र्री’ सुरु गरेको छ ।
उपचारसँगै अध्ययन तथा अनुसन्धानका लागि सुरु गरिएको यस प्रणालीमार्फत बिरामीको अवस्था, जोखिम, घाउ व्यवस्थापन, रेबिज रोकथाम, औषधि तथा शल्यक्रियासम्बन्धी विवरण संकलन गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ पुरुष गरी ३९८ जनाले यस प्रणालीमार्फत उपचार सेवा पाएका छन् । संकलित विवरणलाई अध्ययन तथा विश्लेषण गरी उपचार पद्धति र स्वास्थ्य सेवा सुधारमा प्रयोग गरिनेछ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. बद्री चापागाईंका अनुसार प्रणालीमा विषालु सर्प तथा अन्य जीवजन्तुको टोकाइबाट उपचारमा आएका बिरामीसम्बन्धी विस्तृत विवरण राखिनेछ । यसबाट अनुसन्धान, स्वास्थ्य सेवा सुधार, उपचार निर्देशिका तथा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक तथ्यांक उपलब्ध हुने अपेक्षा गरिएको छ ।
साथै, संकलित तथ्यांकले कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन तथा अन्तर्राष्ट्रिय सहकार्यमा समेत सहयोग पुग्ने अस्पतालको अपेक्षा छ ।
अस्पतालका अनुसार पछिल्लो करिब १५ दिनमा जनावरले टोकेका ३३४ र सर्पले टोकेका ५४ जनाको उपचार गरिएको छ । गत वर्ष मात्रै सर्प वा अन्य जनावरको टोकाइबाट घाइते भएका ८० जनाले भेरी अस्पतालमा उपचार गराएका थिए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जनावरको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरण ‘बाइट रजिस्ट्र्री’ मा राखेर अध्ययन सुरु गरिएको बताए । उनका अनुसार यो विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धानको पहिलो संस्थागत परियोजना हो ।
अभिलेखीकरणबाट अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सकीय सेवा विकास गर्न सहयोग पुग्ने डा. दर्नालले बताए । यसले बिरामीलाई छिटो उपचार दिनुका साथै औषधिको अभावलगायतका समस्या पहिचान गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ ।
डा. बद्री चापागाईंको नेतृत्वमा सञ्चालन भइरहेको अनुसन्धान टोलीमा अस्पतालका विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् ।
गत साउन १६ गतेदेखि सुरु गरिएको अध्ययन निरन्तर सञ्चालन हुनेछ । अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, कीराफट्याङ्ग्रा तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिने अस्पतालले जनाएको छ ।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस