रसुवामा भोटेकोशी बाढीपछि १२ स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन
धुन्चे, रसुवा । भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवागढी नाका हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत १२ जना स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन भएका छन्।
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशअन्तर्गत जनस्वास्थ्य कार्यालय, रसुवाले भदौ १३ गते सार्वजनिक सूचना जारी गर्दै सम्पर्कविहीन स्वास्थ्यकर्मी, कर्मचारी तथा उनीहरूसँगै रहेका परिवारका सदस्यहरूको विवरण सार्वजनिक गरेको हो।
कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा स्याफ्रुवेशी स्वास्थ्य चौकीका हे.अ. खम्बु बोहोरा, गोसाइँकुण्ड गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता कोपिला के.सी. ७ महिनाको बच्चासहित, दाहालफेँदी सामुदायिक स्वास्थ्य इकाइका अ.हे.व. विजय कुमार घले रहेका छन्।
त्यस्तै, टिमुरे स्वास्थ्य चौकीका अ.हे.व. सुस्मिता पाण्डे २ वर्षको बच्चासहित, सोही स्वास्थ्य चौकीका अ.हे.व. कर्मा हिसिस घले र अ.न.मि. सरिता मल्ल ३ वर्षको बच्चासहित सम्पर्कविहीन छन्।
रसुवागढी हेल्थ डेस्कका हे.अ. गोविन्द यादव र स्टाफ नर्स ललिता देवी कुमाई ८ महिनाको बच्चासहित पनि सम्पर्कमा आएका छैनन्।
यसैगरी, उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक बलराम न्यौपाने, सोही स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, श्री निलकण्ठ माध्यमिक विद्यालय उत्तरगयाकी विद्यालय नर्स ममता श्रेष्ठ श्रीमान्, २ वर्षको छोरा र ४ वर्षकी छोरीसहित तथा मैलुङ्ग सामुदायिक स्वास्थ्य इकाइ, उत्तरगयाकी अ.न.मि. दिनिशा शाही सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सेवा अवरुद्ध हुँदा उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ। सम्पर्कविहीन स्वास्थ्यकर्मी तथा कर्मचारीको खोजी कार्य जारी रहेको कार्यालयले जनाएको छ।
विपद्का बेला स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारी नै सम्पर्कविहीन भएपछि रसुवाको स्वास्थ्य क्षेत्रमा समेत गम्भीर प्रभाव परेको छ।

भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस