बाथ रोग कसरी चिन्ने? डा. गुप्तालाई ३ प्रश्न
काठमाडौं । बाथ रोगबारे धेरैमा विभिन्न जिज्ञासा हुने गर्छन्। यही विषयमा बाथ रोग विशेषज्ञ डा अरुण कुमार गुप्तासँग ३ महत्वपूर्ण प्रश्न गरेका छौँ।
बाथ रोगका लक्षण, समयमै उपचार नगर्दा हुन सक्ने असरबारे डा. गुप्ताको छोटो जवाफ यस्ता छन्।
१. बाथ रोगका मुख्य लक्षण के–के हुन्?
डा. अरुण कुमार गुप्ताको जवाफ: बाथ रोगमा जोर्नी दुख्ने, सुन्निने र बिहान उठ्दा जोर्नी कक्रिने हुन्छ। कतिपय अवस्थामा आँखा रातो हुने, आँखा सुख्खा हुनेजस्ता समस्या पनि देखिन सक्छन्।
२. बाथ रोगले जोर्नीबाहेक अन्य अंगमा पनि असर गर्छ ?
डा. अरुण कुमार गुप्ताको जवाफ: बाथ रोगले जोर्नीमा मात्रै नभई आँखा, छाला, फोक्सो र मिर्गौलालगायत शरीरका अन्य अंगमा पनि असर गर्न सक्छ।
३. बाथ रोगको समयमै उपचार नगर्दा के हुन्छ ?
डा. अरुण कुमार गुप्ताको जवाफ: समयमै रोग पहिचान भएन र उपचारमा ढिलाइ गरियो भने पछि गएर मेरुदण्डको हड्डी नै बाङ्गिन सक्ने अवस्था आउन सक्छ।
भर्खरै
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने
कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा चिकित्सक संघका तीन पूर्वअध्यक्ष निर्वाचित
चिकित्सक संघका पुर्वअध्यक्ष डा. अञ्जनी कुमार झा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशन: पेशागत बिषयबिज्ञ क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
चाडपर्वमा मिठाई बिक्रीमा कडाइ, मूल्य र म्याद खुलाउनुपर्ने
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल




प्रतिकृया दिनुहोस