दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
दशैँतिहारका बेला लामो समय विद्यालय बिदा हुने कारणले बालबालिकालाई कसरी विभिन्न क्रियाकलापमा भुलाउने र उनीहरूको 'स्क्रीन टाइम' घटाउने भन्ने चिन्ताले सताउने गरेको अभिभावकहरू बताउँछन्।
टेलिभिजन, मोबाइल फोन वा कुनै पनि ग्याजेटमा व्यस्त रहन खोज्ने भएका कारण उनीहरूको समय व्यवस्थापनलाई लिएर चिन्ता हुने गरेको उनीहरूले बताएका हुन्।
त्यस्तै मध्येकी एक हुन् विमला प्रजापति। छोरीले बिदाका बेला धेरै टेलिभिजन हेर्ने गरेका कारण आफूलाई छोरीको समय कसरी बिताउने भन्ने कुराले सताउने गरेको उनी सुनाउँछिन्।
"दशैँ आउन लाग्यो अब छोरीलाई लामो बिदामा दिनभरि के गरेर राख्ने भन्ने चिन्ता पर्न थालिसक्यो," प्रजापतिले भनिन्।
"बिदाको दिन छोरी अलि ढिला उठ्छिन्, पूजाहरूमा इन्गेज गराउन खोज्छु। त्यसबाहेकको समय चाहिँ उनलाई के गर्न लगाउने भन्ने हुन्छ।"
दशैँ बिदामा गृहकार्य पनि विद्यालयहरूले खासै नदिने र उनीहरूलाई पढ्न पनि कर नगर्ने गरेकाले समय कसरी बिताइदिने होला भन्ने चिन्तामा आफू रहने गरेको उनले बताइन्।
विमला प्रजापतिजस्ता थुप्रै अभिभावकले बालबालिकाको समय कसरी सिर्जनात्मक बनाउने भन्ने जिज्ञाशा राख्ने गरेको बालबालिका तथा किशोरीकिशोरीलाई मनोसामाजिक परामर्श दिने मनोविद् पुष्पा अधिकारी बताउँछिन्।
"म आफू आमा पनि भएको कारणले अभिभावकको त्यस्तो चिन्ता महसुस गर्न सक्छु," उनले भनिन्।"चाडबाडका बेला बालबालिकालाई कसरी विभिन्न क्रियाकलाप सिकाउने भन्ने उपायहरू धेरै छन्।"
चाडबाडका बेला मात्रै नभई अरू बेला पनि अभिभावकलाई बालबालिकाको मोबाइलको स्क्रीन कसरी कम गराउने भन्ने चिन्ता परिरहन्छ।खाना खाँदा होस् वा घरमा बसेको बेला बालबालिका मोबाइल वा ग्याजेटमात्रै धेरै हेर्छन् भन्ने गुनासो पछिल्ला वर्षहरूमा अभिभावकको हुने गरेको देखिन्छ।
त्यसका लागि अभिभावकले पनि मोबाइलको कम प्रयोग गर्दामात्रै बालबालिकालाई बुझाउन सकिने मनोविद् अधिकारी बताउँछिन्।
"आमाबुवाले मोबाइल चलाइरहेको देख्यो भने बालबालिकालाई तिमीले चलाउन हुँदैन भनेर मान्दैनन्। उनीहरूलाई मोबाइलको प्रयोग कम गराउन दशैँ तिहारका बेला आफ्नो संस्कृति सिकाउने, भान्सामा सँगै विभिन्न परिकार पकाउने र सरसफाइमा सँगै सहभागी गराउने गर्नुपर्छ," मनोविद् अधिकारीले भनिन्।
"यसो गर्दा उनीहरूले जिम्मेवारी पनि सँगै सिक्छन्। त्यसबाहेक चङ्गा कसरी बनाइन्छ, वा माटोबाट दियो कसरी बन्छ, दशैँतिहारमा परिकारहरू पकाउन के के सामानहरू चाहिन्छ भनेर किनमेल गर्न लैजाने गर्न सकिन्छ।"
आमाबुवाले सँगै काम गर्यो भने समाजमा "आमाले यो गर्नुहुन्छ र बुवाले यो गर्नुहुन्छ" भन्ने कामको विभाजन पनि नहुने र त्यसले बालबालिकाको मनस्थितिमा पनि राम्रो प्रभाव पर्ने उनी ठान्छिन्।
"आमाले मात्रै भान्साको काम गर्ने होइन र उहाँले गर्ने काम उत्तिकै महत्त्वपूर्ण हो भन्ने बालबालिकालाई सिकाउन पनि यो राम्रो हुन्छ," उनले भनिन्।
"कति अभिभावकले तिमीले हात काट्छौ, फोहोर हुन्छ भनेर दिनुहुँदैन। तर उनीहरूलाई सुरक्षित राखेर सबै सिकाउनुपर्छ। ३/४ वर्षदेखि नै उनीहरूले जिम्मेवारी के हो सिक्छ थाल्छन् भनिन्छ।"
त्यसबाहेक प्रकृति नजिक पुग्ने गर्दा त्यसले बालबालिकालाई 'हिलिङ' को काम पनि गर्ने उनी बताउँछिन्।बालबालिकालाई सहज हुने ठाउँमा हाइकिङ लैजाँदा उनीहरूलाई भुलाउन सजिलो हुने र उनीहरूले ताजा महसुस गर्ने उनी ठान्छिन्।
"हाइकिङ जाँदा प्रकृतिसँग नजिक हुने भएकोले यसले तपाईँलाई शारीरिक र मानसिक दुवै रूपमा मद्दत गर्छ। यसले माइन्डफुल हुन पनि मद्दत गर्छ," उनले भनिन्।"बाहिर जान नमिलेको बेला घरभित्रै लुडो, चेस, उनोजस्ता खेलहरू खेलेर मोबाइलको स्क्रीन कम गर्न सकिन्छ।"
(बीबीसी न्यूज नेपाली)
भर्खरै
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने
कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा चिकित्सक संघका तीन पूर्वअध्यक्ष निर्वाचित
चिकित्सक संघका पुर्वअध्यक्ष डा. अञ्जनी कुमार झा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशन: पेशागत बिषयबिज्ञ क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
चाडपर्वमा मिठाई बिक्रीमा कडाइ, मूल्य र म्याद खुलाउनुपर्ने
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार



.jpeg)
प्रतिकृया दिनुहोस