पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

यस्तै, आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

↑