बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउन आमाको दूध किन महत्वपूर्ण ?
काठमाडौं । प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाईँदै आइएको छ । उक्त दिवसको अवसरमा नेपालसहित विश्वभर स्तनपान सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाउने गरिन्छ ।
‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने नाराका साथ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि उक्त दिवस मनाइएको छ ।
अस्पतालकी बालरोग विशेषज्ञ तथा नवजात शिशुरोग विशेषज्ञ डा रमिता श्रेष्ठले आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार भएको बताइन् ।
उनका अनुसार आमाको दूधमा शिशुको वृद्धि विकासका लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरू पाइन्छ । यसमा पाइने ‘इम्युनोग्लोबुलिन’ ले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा शिशुलाई निमोनिया, झाडापखाला जस्ता विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ । यसका साथै स्तनपानले बच्चाको बौद्धिक र मानसिक विकासमा पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्छ ।
उनले शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गरिसक्नुपर्ने बताइन् । ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक पानी वा अन्य कुनै पनि ठोस आहार दिन नहुने उनको भनाई छ । ६ महिना पुगेपछि मात्र अन्य पोसिलो र नरम खानाका साथै कम्तिमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।
'धेरैजसो आमाहरूले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध नआउने जस्ता समस्या भोग्ने गरेका छन्, स्तनपान गराउने सही तरिका नमिल्दा यस्ता समस्या आउने गरेको छ', डा.श्रेष्ठले भनिन् , २४ घण्टामा बच्चाको माग अनुसार ८ देखि १० पटकसम्म स्तनपान गराउनु उपयुक्त हुन्छ ।'
आमाले प्रशस्त पोसिलो खाना खाने, झोलिलो पदार्थ सेवन गर्ने र मानसिक तनावबाट मुक्त हुनाले दूधको उत्पादनमा वृद्धि हुने उनले बताइन् । स्तनपान गराउनु आमाको मात्र जिम्मेवारी नभई परिवार, समाज र राज्यको पनि साझा जिम्मेवारी भएको उनको भनाई छ ।
सरकारले हाल सुत्केरी आमाहरूलाई करिब ३ महिना को बिदा दिँदै आएको भएपनि उक्त विदा नवजात शिशुका लागि भने अपुग हुने गरेको डा श्रेष्ठले बताइन् । नवजात शिशुका लागि ६ महिनासम्म पूर्ण स्तनपान अनिवार्य रहेकाले यो बिदालाई कम्तिमा ६ महिनासम्म पु¥याउनुपर्ने उनको भनाई छ ।
यसले सुत्केरी आमा र शिशु दुवैको स्वास्थ्यमा ठूलो टेवा पुग्ने डा श्रेष्ठले बताइन् । आमाको दूध बच्चाको अधिकार मात्र नभई उसको जीवनको स्वस्थ सुरुवातको आधार भएको डा .श्रेष्ठको भनाइ छ ।
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग




प्रतिकृया दिनुहोस