ढाड दुख्न नदिन र दुखेमा कम गर्न के गर्ने ?
धेरैजसो मानिसको जीवनकालमा कुनै न कुनै बेला ढाड दुखेकै हुन्छ। दुखेको ढाड केही हप्तापछि आफै सन्चो हुँदै जान्छ तर कसैकसैलाई ढाड बारम्बार दुख्ने पनि हुन सक्छ।
यसले व्यक्तिलाई कमजोर बनाउँछ र दैनिक जीवन नै सङ्घर्षमय बनाइदिन्छ।
मान्छेको मेरुदण्ड करङ र कट्टीको हड्डीसँग जोडिएको हुन्छ। यो टेन्डन, लिगमन्ट र कार्टलिजलगायतका तन्तु, मांसपेशी र स्नायु तन्तुसँग पनि जोडिएको हुन्छ।
त्यसैले तीमध्ये जेमा समस्या आए पनि ढाड दुख्न सक्छ।
यहाँ दिइएका पाँच सुझाव जुनसुकै उमेर समूहका लागि ढाड दुख्नबाट बचाउन र ढाड दुखेमा व्ययवस्थापन गर्न सहयोगी हुन सक्छन्।
वाशिङ्टन विश्वविद्यालयको स्कूल अफ मेडिसिनको इन्स्टिट्यूट फर हेल्थ मेट्रिक्स एन्ड ईभलूशनका अनुसन्धानकर्ताहरूले 'ग्लोबल बर्डन अफ डिजिज' (जीबीडी)का लागि तयार पारेको नयाँ प्रतिवेदनअनुसार सन् २०५० भन्दा अघिका ३० वर्षमा ढाड दुख्ने मानिसको सङ्ख्या एक तिहाइभन्दा बढीले वृद्धि हुने सम्भावना छ।
त्यसबेलासम्म संसारका १० मध्ये एक जना ढाड दुख्ने समस्याबाट प्रभावित भएका हुने प्रक्षेपण छ।
जीबीडीका अनुसार मस्तिष्काघात, हृदय तथा फोक्सोका बिरामीका साथै मधुमेह र नवजात शिशुलाई प्रभावित पार्ने स्थितिले विश्वभरका मानिसका स्वास्थमा धेरै प्रभाव पारेको हुन्छ।
पीठ्युँको तल्लो भाग धेरैजसो दुखाइको मुख्य स्रोत हुन्छ किनभने शरीरको यही भागले मानिसहरू यताउता चल्न सहयोग पुर्याइरहेको हुन्छ र तनावलाई सोसेको हुन्छ। माथिल्लो भाग घाँटी वा गर्धन र काँधहरू पनि दुखाइका कारक बन्न सक्छन्।
उपचारभन्दा अघि निदान गर्नु चिकित्सकीय सिद्धान्तका हिसाबले बढ्ता प्रासङ्गिक छ किनभने दुखाइका सम्भावित कारण कैयौँ हुन सक्छन्। अनि निदान वा कारण थाहा पाउनका लागि एक मात्र परीक्षण भन्ने पनि छैन।
डाक्टरहरू सुरुमा जीवनलाई खतरामा पार्ने किसिमको स्थिति हो कि होइन भन्ने निश्चित गर्न चाहन्छन्। उदाहरणका लागि पित्तथैली वा मिर्गौलाको समस्या वा कुनै प्रकारको क्यान्सर हो कि होइन भने पत्ता लगाउनु - यो निदान गर्न बिरामीको स्वास्थ्य इतिहास र शारीरिक परीक्षण आवश्यक पर्छ।
रगतको जाँचले क्यान्सर वा सुजनको स्थिति पत्ता लाग्न सक्छ। सुजनका कारण बाथ ('आर्थाइटिस') भएर कार्टलिजलाई खतरा पुर्याउन खोजेको हुन सक्छ।
एक्स रे, कम्प्युटेड टोमोग्राफी (सीटी स्क्यानिङ) अल्ट्रासाउन्ड वा म्याग्नेटिक रेजनन्स इमेजिङ (एमआरआई) गरेर जोर्नीहरू, हड्डी, डिस्क वा अङ्ग र नरम तन्तुमा के भएको छ हेर्न सकिन्छ। त्यसपछि थप जाँच आवश्यक पर्न सक्छ।
धेरैजसो ढाड दुखाइमा मन्द दुखिरहन्छ र मांसपेशी कडा भएको जस्तो हुन्छ तर मांसपेशी वा लिगामन्ट च्यातियो भने चाहिँ कडा दुखाइ हुन सक्छ अनि दुखाइ नितम्ब र खुट्टासम्म पुग्छ।
यदि सियोले घोचेको जस्तो वा निदाएको जस्तो भयो भने त्यो स्नायुमा समस्या आएको हुन सक्छ।
मांसपेशीमा विद्युतीय गतिविधिको विश्लेषणमार्फत् मांसपेशी वा स्नायु केमा समस्या आएको छ भन्ने पत्ता लगाउन सहयोग पुग्छ।
त्यस्तो विश्लेषण बालबालिका र वयस्क दुवैका लागि सहयोगी हुने विज्ञहरू बताउँछन्।
विज्ञहरूका अनुसार कोही बिरामी ढाड दुखाइ लामो समयसम्म भइरहला भन्ने त्रासले पनि सन्चो हुन रोकिन्छ।
डाउन टू यू हेल्थ एन्ड वेलबिइङ इङ्ल्यान्डका निर्देशक एडम स्यू भन्छन्, "फेरि ढाड दुख्ला कि भन्ने चिन्ताले बिरामीको आत्मविश्वासमा प्रभाव पारेको हुन्छ।"
"त्रासका कारण उनीहरू कम सक्रिय बन्छन् र कतिले आफूलाई मन पर्ने गतिविधि गर्न पनि रोक्छन्।"
अस्ट्रेलियाको मक्वारी विश्वविद्यालयमा फिजिओथेरपीका प्रोफेशर मार्क ह्याङ्ककले बीबीसीसँग भनेअनुसार केही बिरामी त आफ्नो ढाडमा समस्या पर्ला कि भन्ने डरले सामाजिक जीवनबाट पछाडि हट्छन्।
"सामाजिक तनाव, ढाड दुखाइको चिन्ता र अलिकति समस्या आएको पीठ्युँ सबै एकसाथ जोडिँदा यो अचानक ठूलो समस्याजस्तो लाग्छ।"
उनी भन्छन्, "अहिले विश्वभरका सबै निर्देशिकाले शारीरिक, मानसिक र सामाजिक कारकहरूलाई सम्बोधन गर्नुपर्नेबारे बताउँछन्।"
"सङ्ज्ञानात्मक कार्यात्मक थेरपी (सीएफटी)अनुसार मानिसहरूले थेरपिस्टसँग अन्तरक्रिया गर्नुपर्छ जसले गर्दा दुखाइका कारकहरूबारे जान्न सजिलो हुन्छ। त्यसपछि उनीहरूका लागि उनीहरूले मन पराउने काम बिस्तारैबिस्तारै गर्न सक्ने गरी एक योजना बनाउन सकिन्छ। आवश्यक परेमा थेरपिस्टहरूले बिरामीसँग मिलेर जीवनशैलीमा परिवर्तन गर्न मद्दत गर्न सक्छन्।"
केही मानिसहरू आफूमा लगातार दुखाइ होला भन्ने त्रासमा हुन्छन् भने केही बिरामी आराम गरे सन्चो हुन्छ भन्ठान्छन्। तर ब्रिटिश असोसिएशन अफ स्पाइन सर्जन्स (बीएएसएस)का अनुसार सक्रिय रहिरहनु दुखाइ कम गर्न वा हुन नदिने उपाय हुन सक्छ।
गत दश वर्षको अध्ययनको निचोड पनि आराम गर्नुले सन्चो हुने अवधि झन् पर धकेलिदिन्छ भन्ने रहेको छ। स्यू भन्छन्, "मेरुदण्डका हड्डीहरू विभिन्न ठाउँमा घुमाउरो किसिमका हुन्छन्"
यस्तै घुमाउरोपनका कारण मेरुदण्डले शरीरको भार थाम्न सक्छ र शरीर यताउता चलाउन मिल्छ।
माथिल्ला २४ हड्डीहरू लचकदार हुन्छन् र तिनले एकअर्कालाई जोडेका हुन्छन्। तिनका बीचमा 'इन्टरभर्टिब्रल डिस्क' पनि हुन्छ।
"यो प्राकृतिक संरचना र डिस्कको तनाव सोस्ने प्रक्रियालाई कमजोर हुनबाट जोगाउन एउटै अवस्थामा बसिरहनुहुँदैन, तल बस्ने पीठ्युँलाई बङ्ग्याएर वा लामो समयसम्म उभ्याएर राख्न हुँदैन।"
भर्खरै
बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य टोलीद्वारा ४५ सयभन्दा बढीको उपचार
जिरी नगरपालिकाको एक जनामा कोभिड सङ्क्रमण पुष्टि
क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा
देशका अधिकांश भागमा वर्षा, केही ठाउँमा भारी वर्षा
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचारको माग
डा. अन्जनीकुमार झासहित कांग्रेस महाधिवेशनका लागि स्वास्थ्य समिति गठन
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय–सुझाव माग




प्रतिकृया दिनुहोस