नेपालमा वायु प्रदूषणका कारण वार्षिक २६ हजारले गुमाउँछन् ज्यान

काठमाडौं । नेपालमा वायु प्रदूषणबाट वार्षिक करिब २६ हजार जनाको मृत्यु हुने गरेको एक तथ्याकंले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको रिर्पोट अनुसार नेपालमा बाषिर्क २६ हजार नेपालीको मृत्यु र अपांगताको पहिलो कारण नै वायु प्रदूषण रहेको जनाएको छ । नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको सोही तथ्यांके देखाएको छ । ‘नेपालमा वायु प्रदूषण मृत्यु र अपांगताको पहिलो प्रमुख कारक हो । यो कारणले वार्षिक करिब २६ हजार नेपालीको अकालमा मृत्यु हुन्छ र आयु औसत ३.४ वर्षले घटाउँछ । वायु प्रदूषण श्वासप्रश्वास, मुटु, फोक्सो, जन्मजात समस्या, मधुमेह आदि रोगको प्रमुख कारण बनेको छ’ सार्वजनिक रिर्पोमा उल्लेख छ । यसैगरी, बायु प्रदुषणको हटस्पट राजधानी काठमाडौं उपत्यका र तराई मधेशका जिल्ला रहेका रिर्पोटमा उल्लेख छ । यी क्षेत्रमा पछिल्लो दशकमा खास सुधार देखिएको छैन । काठमाडौं र तराईमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लयू.एच.ओ. ले तोकेको सुरक्षात्मक सीमा (हावामा प्रति घनमिटर ५ माइक्रोग्राम)भन्दा कयौं गुणा उच्च छ । नेपालमा हिउँदयाम र गर्मीयामको सुरुवातमा वायु प्रदूषणको स्तर २०० भन्दा बढी पुग्ने गरेको छ । २०७७ सालको चैतमा वायुप्रदूषण बढ्दा चार दिनसम्म विद्यालय बन्द गर्नुपरेको थियो । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुुसार ० देखि ५० एक्युआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । तराई मधेशमा वायु प्रदूषणको करिब दुई तिहाइ सीमा पारिबाट (भारतबाट) आउने गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । २०३५ सम्म वायु प्रदूषण नियन्त्रणमा प्रभावकारी कदम नचालिएमा स्थिति अझ गम्भीर हुने चेतावनी विश्व बैंकले दिएको छ ।
प्रतिकृया दिनुहोस
↑