कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु, शव दुई दिनदेखि प्रादेशिक अस्पतालमै
कैलाली । कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । तर ति युवकको शव दुई दिनदेखि उठेको छैन । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डिडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिए । अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको उनले बताए । उनी बैंकिङ कसुरका आरोपी हुन् । मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्याउने बेला उनलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको थियो । मृतक पालीको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनको शव प्रादेशिक अस्पतालमै छ ।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालबाट १२ लाख भन्दा बढी सहयोग
मधेस प्रदेशमा स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा




प्रतिकृया दिनुहोस