चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै प्रक्रिया अगाडि बढाएको हो। समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको छ। सो आवेदनमा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन भनिएको छ । त्यसका साथै प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ । सचिवालयले भनेको मापदण्डअनुसार चार वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवश्यक योग्यता फरक—फरक छन् । विज्ञहरुले भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु प्राज्ञिक थलो पनि भएको हुँदा एकै किसिमको मापदण्ड बनाएर प्राज्ञिक व्यक्तिलाई नै उपकुलपति बनाउनुपर्नेमा जोड दिँदैं आएका छन् ।

प्रतिकृया दिनुहोस
↑