आजको मौषम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालबाट १२ लाख भन्दा बढी सहयोग
मधेस प्रदेशमा स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा


.jpeg)

प्रतिकृया दिनुहोस