महाराष्ट्रको महिला अस्पतालको एनआइसीयूमा भीषण आगलागी, तीन नवजात शिशुको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको नवजात शिशु अतिदक्षता कक्ष (एनआइसीयू) मा सोमबार बिहान भीषण आगलागी हुँदा तीन नवजात शिशुको मृत्यु भएको छ। घटनामा अन्य छ जना शिशु घाइते भएका छन्।
अस्पताल प्रशासनका अनुसार बिहान करिब ३:३० बजे अस्पतालको तेस्रो तलामा रहेको एनआइसीयू कक्षमा आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार भेन्टिलेटरमा समस्या आएपछि आगलागी सुरु भएको बताइएको छ।
घटनाका बेला तेस्रो तलाका तीनवटा कोठामा गरी ३९ जना नवजात शिशु उपचाररत थिए। तीमध्ये १२ जना एनआइसीयूमा रहेका थिए।
आगलागी भएपछि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले तत्काल उद्धार सुरु गरी भेन्टिलेटरमा रहेका शिशुसहित अन्य नवजातलाई सुरक्षित स्थानमा सारेका थिए। घाइते छ जना शिशुलाई थप उपचारका लागि नजिकैको सरकारी सुपर स्पेसलिटी सेन्टरमा भर्ना गरिएको छ।
सञ्चालनमा आएको करिब एक वर्ष मात्रै भएको विशेष नवजात शिशु स्याहार एकाइमा आगलागी नियन्त्रण प्रणाली समयमै सक्रिय हुन नसकेको विषयमा समेत प्रश्न उठेको छ।
भेन्टिलेटरमा कसरी समस्या आयो, आगलागीको वास्तविक कारण के हो र उपकरणको नियमित प्राविधिक परीक्षण भएको थियो कि थिएन भन्ने विषयमा प्रहरी तथा अस्पताल प्रशासनले अनुसन्धान थालेका छन्।
प्रहरीले घटनाको प्राविधिक पक्षसहित छानबिन गरी लापरबाही वा त्रुटि देखिए जिम्मेवार पक्षमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस