इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
कङ्गो । इबोलाको प्रकोपबाट प्रभावित डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ । देशमा इबोलाको १७औँ प्रकोप तीव्र रूपमा फैलिरहेका बेला शुक्रबार खोपको पहिलो खेप आइपुगेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्नेछ । तीमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलगायतका लागि प्रयोग गरिनेछ ।
औषधि कम्पनी मर्कले विकास गरेको एर्भेबो खोप इबोला भाइरसको जायर स्ट्रेनविरुद्ध प्रयोगका लागि स्वीकृत भए पनि हाल डीआर कङ्गोमा फैलिएको बुन्डिबुग्यो स्ट्रेनविरुद्ध यसको प्रभावकारिता प्रमाणित भइसकेको छैन । यद्यपि प्रारम्भिक अध्ययनले यसले उक्त स्ट्रेनविरुद्ध केही सुरक्षा प्रदान गर्न सक्ने देखाएको डब्लुएचओले जनाएको छ ।डीआर कङ्गोका स्वास्थ्यमन्त्री शमूएल रोजर काम्बाले एर्भेबो खोप यसअघि पनि विशेषगरी सन् २०१८–२०२० को इबोला प्रकोपका क्रममा ठूलो मात्रामा प्रयोग गरिएको बताए ।
डीआर कङ्गोमा मे १५ मा इबोलाको १७औँ प्रकोप घोषणा गरिएको थियो । तर योभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिन थालेको अनुमान गरिएको छ । देशका उत्तर तथा पूर्वी क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधारको अभाव र सशस्त्र समूहको गतिविधिका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।कङ्गोली अधिकारीका अनुसार हालसम्म पाँच हजार २९० पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार ५१६ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्निसले प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिए ।
डब्लुएचओका खोप विज्ञहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध एर्भेबोले सुरक्षा प्रदान गर्छ कि गर्दैन भन्ने यकिन गर्न मानव परीक्षण गर्न सिफारिस गरेका छन् । उक्त स्ट्रेनलाई लक्षित गर्ने अन्य खोपहरू पनि हाल चिकित्सकीय परीक्षणको चरणमा छन् ।पछिल्लो पाँच दशकमा इबोलाका कारण अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस