औषधि व्यवस्था विभागका सेवा अब राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन
काठमाडौं । औषधि व्यवस्था विभागबाट प्रदान गरिने औषधि आयात तथा निर्यातसम्बन्धी विभिन्न सेवा अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) मार्फत अनलाइन उपलब्ध हुने भएका छन्।
विभागले औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादन सामग्रीको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र र प्रमाणपत्रलगायतका सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले बिहीबारदेखि उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेको हो।
औषधि व्यवस्था विभाग, बिजुलीबजारमा आयोजित समारोहमा विभागका महानिर्देशक भरत भट्टराईको अध्यक्षता तथा भन्सार विभागका महानिर्देशकको प्रमुख आतिथ्यतामा प्रणालीको शुभारम्भ गरिएको हो। कार्यक्रममा अर्थ मन्त्रालय, भन्सार विभाग, राष्ट्रिय राष्ट्रिय एकद्वार प्रणाली (NNSW), औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधिहरू सहभागी थिए।
यी सेवा अनलाइनबाट लिन सकिने
नयाँ प्रणालीमार्फत औषधिजन्य कच्चा पदार्थ आयात, औषधि निर्यात, स्वास्थ्य प्रविधिजन्य सामग्री आयात, प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना तथा रेफरेन्स स्ट्यान्डर्ड आयातसम्बन्धी सिफारिसपत्रका लागि अनलाइन आवेदन दिन सकिनेछ।
त्यसैगरी, बिरामीका लागि औषधि आयात सिफारिसपत्र तथा औषधि आयातका लागि विशेष सिफारिसपत्रलगायतका सेवा पनि अनलाइन प्रणालीबाट उपलब्ध हुने विभागले जनाएको छ।
यस प्रणालीमार्फत सेवाग्राहीले आवश्यक विवरण भरेर अनलाइन आवेदन दिन, सम्बन्धित कागजात अपलोड गर्न, लाग्ने राजस्व तथा शुल्क अनलाइन भुक्तानी गर्न र स्वीकृत सिफारिसपत्र तथा प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
सेवा प्रवाह सहज हुने अपेक्षा
नयाँ व्यवस्थाले औषधि आयात तथा निर्यातसम्बन्धी सेवा प्राप्त गर्न लाग्ने समय र प्रक्रियागत झन्झट कम गर्ने अपेक्षा गरिएको छ। साथै, प्रशासनिक प्रक्रिया सहज र व्यवस्थित बनाउनुका साथै व्यापार सहजीकरण तथा सम्बन्धित सरकारी निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
औषधि व्यवस्था विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयबीचको सहकार्यमा अघि बढाइएको यो पहललाई विभागका सेवाहरू डिजिटल माध्यममा रूपान्तरण गर्ने तथा नेपालमा डिजिटल सुशासन र व्यापारसम्बन्धी प्रक्रियाको आधुनिकीकरण गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
भर्खरै
छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु
दशैँमा पेट स्वस्थ राख्ने ५ उपाय, डा. भूपेन्द्र बस्नेतको सुझाव
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते
सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
मोबाइल र ल्यापटप चलाउँदा गर्दनमा बढ्दैछ दबाब, स्वस्थ राख्न अपनाउनुहोस् यी ५ उपाय
धेरै पढिएको
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
वीर अस्पतालका अस्थायी कर्मचारीको भत्ता विवाद: समान सुविधाको माग गर्दै मुख्यसचिवसमक्ष निवेदन
'कफी केवल ताजगीका लागि मात्र होइन, कलेजोको स्वास्थ्यसँग पनि जोडिएको हुन सक्छ!'
चिकित्सक संघका पुर्वअध्यक्ष डा. अञ्जनी कुमार झा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते




प्रतिकृया दिनुहोस