जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती किशोरीको उद्धार गरिएको हो।
जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको हो।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवनरक्षाको महत्वपूर्ण माध्यम बन्दै आएको छ।
मन्त्रालयले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्बन्धित निकायसँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
भर्खरै
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते
सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
मोबाइल र ल्यापटप चलाउँदा गर्दनमा बढ्दैछ दबाब, स्वस्थ राख्न अपनाउनुहोस् यी ५ उपाय
फर्किङबाट ७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
धेरै पढिएको
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार
दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने




प्रतिकृया दिनुहोस