सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ ।
कुकुरले सोमबार बिहान मन्दिर जाँदै गरेकी मन्दिरा रिजालमाथि आक्रमण गरेको थियो । कुकुरको टोकाइबाट रिजालको मुखमा गम्भीर चोट लागेको छ भने ओठको भाग लुछिएको छ । उनलाई उपचारका लागि वीरगञ्ज लगिएकामा थप उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार कुकुरको टोकाइबाट घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने सात जनालाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको छ ।कुकुरलाई नियन्त्रणमा लिन सोमबार बिहानदेखि प्रयास गरिएको भए पनि नगर प्रहरीको सहयोगमा सोमबार साँझ मात्रै नियन्त्रणमा लिन सकिएको श्रेष्ठले बताए ।
‘यो कुकुरले जसलाई भेट्यो, सिधै मुखमा टोक्न आउने खालको रहेछ,’ उनले भने ।उक्त कुकुरले केही दिनअघि सोही क्षेत्रमा तीन वर्षीया बालिका आयंका तामाङलाई टोकेर मुख र चिउँडोमा गम्भीर चोट पुर्याएको थियो ।
बस्तीमा कुकुरको आतंक बढेपछि स्थानीयले सोमबार जनप्रतिनिधिलाई जानकारी गराएका थिए । नगर प्रहरी, जनप्रतिनिधि र स्थानीय युवाले कुकुरको खोजी गर्ने क्रममा थप सात जनालाई कुकुरले टोकेको वडाध्यक्ष श्रेष्ठले बताए ।
एक सातादेखि बस्तीमा कुकुरको आतंक बढेपछि नगरप्रमुख राजन पौडेलले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सचेत रहन आग्रह गरेका थिए । उनले उक्त कुकुर देखेमा तत्काल सूचना दिन पनि अनुरोध गरेका थिए ।
भर्खरै
सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
मोबाइल र ल्यापटप चलाउँदा गर्दनमा बढ्दैछ दबाब, स्वस्थ राख्न अपनाउनुहोस् यी ५ उपाय
फर्किङबाट ७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
औषधि व्यवस्था विभागका सेवा अब राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)
धेरै पढिएको
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार
दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने




प्रतिकृया दिनुहोस