लहानको १२ शय्याको आँखा उपचार केन्द्रदेखि विराटनगरसम्म, सन् २०२५ मा १४ लाखभन्दा बढीको आँखा परीक्षण
कुनै समय आँखाको उपचारका लागि काठमाडौं वा भारतका विभिन्न सहर पुग्नुपर्ने पूर्वी नेपालका नागरिकका लागि सिरहाको लहानमा सुरु भएको आँखा उपचार सेवा भरोसाको केन्द्र बनेको छ। १२ शय्याबाट सुरु भएको सेवा अहिले सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पतालमार्फत विस्तार भएको छ।
सन् १९८३ मा सिबिएमसँग आबद्ध चिकित्सक डा. ए. हेनिङ्गको पहलमा लहानस्थित तत्कालीन रामकुमार शारदा उमाप्रसाद मुरारका सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र स्थापना गरिएको थियो। स्थानीय समाजसेवीको जग्गादान र क्रिस्टोफेल ब्लाइन्डेनमिसन (सिबिएम) को आर्थिक तथा प्राविधिक सहयोगमा ५० शय्याको सगरमाथा चौधरी आँखा अस्पतालको पूर्वाधार निर्माण भयो। सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र शाहबाट अस्पताल भवनको शुभारम्भ गरिएको थियो।
आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सन् २००६ सेप्टेम्बर १३ मा विराटनगर आँखा अस्पताल स्थापना भयो। सुरुमा ८० शय्याबाट सञ्चालन भएको अस्पताल सन् २००९ सम्म ३०० शय्याको क्षमतामा विस्तार भएको लहान आँखा तथा कान स्वास्थ्य प्रणालीका प्रमुख प्रशासक सुधीर ठाकुरले जानकारी दिए। नयाँ अस्पताल भवनको सन् २०११ नोभेम्बर १५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट शुभारम्भ गरिएको थियो।
यी अस्पतालले उपचारसँगै निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर, विद्यालयमा दृष्टि परीक्षण र जनचेतनामूलक कार्यक्रममार्फत ग्रामीण समुदायसम्म सेवा विस्तार गर्दै आएका छन्।
नेपाल नेत्रज्योति सङ्घको विवरणअनुसार, सन् २०२५ मा यस प्रणालीअन्तर्गत १४ लाख ३१ हजार २८८ जनाको आँखा परीक्षण गरिएको थियो। सोही वर्ष एक लाख ३२ हजार २१३ वटा शल्यक्रिया गरिनुका साथै एक लाख ३३ हजार ३१६ जनालाई चस्मा वितरण गरिएको थियो।
स्थापनाकालदेखि सन् २०२५ सम्ममा एक करोड ६६ लाख ३१ हजार ९५० जनाले आँखा परीक्षण सेवा प्राप्त गरेका छन् भने २४ लाख ९९ हजार ८९३ वटा शल्यक्रिया गरिएको छ।
अहिले नेपालका विभिन्न जिल्लाका साथै भारत र बङ्गलादेशबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामी र आफन्तको आवागमनले अस्पताल आसपासका होटल, यातायात, औषधि पसल तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढाउन सहयोग गरेको छ।
लहानबाट विराटनगरसम्म विस्तार भएको यो सेवा स्थानीय समुदायको योगदान, अन्तरराष्ट्रिय सहयोग र संस्थागत सहकार्यको उदाहरण बनेको छ। आगामी दिनमा दक्ष जनशक्ति व्यवस्थापन, आधुनिक प्रविधिको उपयोग र आर्थिक तथा भौगोलिक रूपमा पहुँचबाहिर रहेका नागरिकसम्म गुणस्तरीय उपचार पुर्याउनु महत्वपूर्ण हुनेछ।
भर्खरै
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)
विश्व स्तन क्यान्सरविरुद्धको दिवस आज मनाइँदै
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
लहानको १२ शय्याको आँखा उपचार केन्द्रदेखि विराटनगरसम्म, सन् २०२५ मा १४ लाखभन्दा बढीको आँखा परीक्षण
दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव
दशैं बिदाका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल




प्रतिकृया दिनुहोस