हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने, पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
भर्खरै
सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
मोबाइल र ल्यापटप चलाउँदा गर्दनमा बढ्दैछ दबाब, स्वस्थ राख्न अपनाउनुहोस् यी ५ उपाय
फर्किङबाट ७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
औषधि व्यवस्था विभागका सेवा अब राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन
युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)
धेरै पढिएको
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार
दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने




प्रतिकृया दिनुहोस