दशैं बिदाका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने
काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको सार्वजनिक बिदा परेकाले कार्यक्रम निर्धारित मितिभन्दा पछि सारिएको विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।
बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुने समस्या रोकथाम गर्न तथा जुकाको संक्रमणका कारण हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सरकारले हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदा बालबालिकाको स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने भएकाले अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीले पनि आग्रह गर्दै आएका छन्।
भर्खरै
दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव
दशैं बिदाका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
आजको माैषम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल




प्रतिकृया दिनुहोस