सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् । उनीहरू दसैँ मनाउन घर जाँदै गरेका थिए ।
दुर्घटनामा घाइते भएका चार जनामध्ये चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा बेहोस अवस्थामा रहेको र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सम्झनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुने अन्यमा सम्झनाकी १२ वर्षीया छोरी शिवानी राई र मृतक स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अंकित विश्वकर्मा रहेका छन् ।
दुर्घटनापछि बेपत्ता भएका तीन जनाको पहिचान खुल्न सकेको छैन । उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुमो राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ प्रस्थान गरेको थियो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भर्खरै
दशैँमा मुटु कसरी जोगाउने? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्सालको सुझाव
दशैं बिदाका कारण भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सर्यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल
सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
आजको माैषम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
लुम्बिनी प्रादेशिक अस्पतालमा ३० बेडको एचडीयू सेवा सुरु, आईसीयूको चाप घट्ने अपेक्षा
दशैँतिहारमा बालबालिकालाई व्यस्त राख्ने उपाय: संस्कृतिदेखि प्रकृतिसम्म
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल




प्रतिकृया दिनुहोस