जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
धादिङ। धादिङको गंगाजमुना गाउँपालिका-५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ।
अवस्था जटिल भई ज्यान नै जोखिममा परेकी तामाङको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत हवाई उद्धार गरिएको हो।
उद्धारलगत्तै उनलाई थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्याइएको छ। हाल अस्पतालमा उनको आवश्यक विशेषज्ञ उपचार भइरहेको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले मन्त्रालयले यो आपत्कालीन हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
भर्खरै
स्वास्थ्य बीमामा पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य, एआईबाट दाबी समीक्षा गरिने
बाजुराको कोल्टीमा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया
पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल कांग्रेस १५औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
मेडिकल व्यवसायी खुमा अर्यालको कांग्रेस १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा–हिमपातको सम्भावना
पेट दुख्दैमा आफूखुसी ग्यास्ट्रिकको औषधि नखानुस् : डा. भूपेन्द्र बस्नेत (भिडियोसहित)
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
मुटुरोगको जोखिम बढ्दो,रोकथाममा लगानी कमजोर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
सरकारी अस्पतालमै एन्टी रेबिज भ्याक्सिन खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य
मुटुरोगको जोखिम बढाउने ७ कारण, कसरी जोगिने?




प्रतिकृया दिनुहोस