मेडिकल व्यवसायी खुमा अर्यालको कांग्रेस १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।

प्रतिकृया दिनुहोस

भर्खरै

↑