स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई २ अर्बभन्दा बढी भुक्तानी गर्यो
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमाबापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ।
बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमाबापत २ अर्ब ६ करोड ४३ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको छ।बोर्डले स्वास्थ्य बिमाबापतको भुक्तानीसम्बन्धी जानकारीसहित सेवा प्रदायक स्वास्थ्य संस्थालाई बिहीबार परिपत्र गरेको जनाएको छ।
बोर्डका अनुसार यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने सम्पूर्ण भुक्तानी सम्पन्न भएको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गरेका स्वास्थ्य संस्थालाई समयमा भुक्तानी नहुँदा सेवा प्रभावित हुने तथा बिमितले समेत समस्या भोग्नुपर्ने अवस्था आउने गरेको छ। बोर्डले बाँकी भुक्तानी सम्पन्न गरेसँगै सेवा प्रदायक स्वास्थ्य संस्थालाई आर्थिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस