महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप
मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट ९राति० मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ ।
महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा अर्जुन भट्टले बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउन प्रयास भइरहेको जानकारी दिए।
“१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिनुपर्ने अवस्था छ”, डा भट्टले भन्नुभयो, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ ।”
उनका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन् । डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई ध्यानमा राखेर दैनिक तीन शत्रमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
“अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइरहेका छौँ”, उनले भन्ने, “रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ ।” अस्पतालमा सेवा पाउन नसक्ने अवस्थामा बिरामी धनगढीलगायत अन्यत्र जाने गरेको उनले बताए।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट अहिले डायलाइसिस सेवा सञ्चालन भइरहेको बताए । उनका अनुसार जनशक्तिको अभावका कारण रातिको सत्र सञ्चालन गर्न सकिएको छैन । “डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ”, उनले भन्न, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ ।” अस्पतालमा डायलाइसिस सेवा लिन आउने बिरामीको चाप अत्यधिक बढेको उनले बताए ।
भर्खरै
पूर्वप्रहरी र परिवारलाई उपचारमा छुट, केएमसी र नोबेलसँग सम्झौता
परिवार कल्याण महाशाखाका प्रमुख डा.मदन उपाध्यायलाई वीर पठाइयो अन्य कसको कहाँ भयो सरुवा?
त्रिवि शिक्षण अस्पतालमा बेड नपाउँदा उपचार सुरु नहुँदै बिरामीको मृत्यु
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
कपाल र छालाको स्वास्थ्यमा कसरी ध्यान दिने? डा. सौजन सुवेदीको यस्तो सुझाव (भिडियो)
गण्डकीका नौ जिल्लामा डेङ्गी संक्रमण, ८३९ जनामा पुष्टि
धेरै पढिएको
नेपाल औषधि थोक व्यवसायी संघले विभागलाई बुझाए १३ बुँदे सुझाव ,औषधि बजारमा सिन्डिकेट अन्त्य गर्नुपर्ने माग
‘सरकारी उद्योग राष्ट्रका सम्पत्ति हुन् भने निजी उद्योग राष्ट्रकै शक्ति हुन्’
नाबालिकाको डिम्ब किनबेच प्रकरण : डा. नुतन शर्मा हाजिर जमानीमा छुटिन्
चुरोट खाने ५० वर्षमाथिकाले पिसाबमा रगत देखिए किन तुरुन्त जाँच गराउनुपर्छ?
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान
यूसीएमएसमा १२८ स्लाइसको सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु
एक महिनामै जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, ३७ संक्रमित अस्पतालमा




प्रतिकृया दिनुहोस