त्रिवि शिक्षण अस्पतालमा बेड नपाउँदा उपचार सुरु नहुँदै बिरामीको मृत्यु

 काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा बेड अभावका कारण एक जना बिरामीको उपचार प्रक्रिया सुरु हुन नपाई इमरजेन्सी कक्ष बाहिरै मृत्यु भएको छ । नियमित डायलाइसिस गराइरहेका बिरामीलाई अकस्मात अस्पताल ल्याएको थियो । अस्पताल प्रशासनका अनुसार मोरङका ४५ वर्षीय डोलबहादुर थापाको मृत्यु भएको हो ।  अस्पतालका अस्पतालका प्रवक्ता डा। गोपाल सेढाईंले  भने, सिधै अस्पतालमा ल्याइएपछि चिकित्सकहरु बेड मिलाउने कोशिसमा लाग्नुभयो । केही समयमै भित्र ल्याएर उपचार गर्न नपाउँदै बिरामीको ज्यान एम्बुलेन्समै गयो ।’

प्रतिकृया दिनुहोस