यूसीएमएसमा १२८ स्लाइसको सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु
भैरहवा । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस)ले १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन र भेन्टिलेटरसहितको नयाँ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
कलेजको रेडियोलोजी विभागले २५ वर्ष पूरा गरेको अवसरमा शनिबारदेखि दुवै सेवा सुरु गरेको हो। मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले सिटी स्क्यान र एम्बुलेन्स सेवाको शुभारम्भ गरे।
२०५४ सालमा स्थापना भएको यूसीएमएसले यसअघि सञ्चालनमा रहेको सिटी स्क्यान मेसिनलाई विस्थापन गर्दै उच्च प्रविधियुक्त १२८ स्लाइसको नयाँ मेसिन जडान गरेको हो। नयाँ मेसिन सञ्चालनमा आएपछि बिरामीले सहज र सुलभ दरमा गुणस्तरीय सेवा पाउने कलेजले जनाएको छ।
सेवाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा. सदन मुखीले करिब साढे ५ करोड रुपैयाँ लगानीमा अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको जानकारी दिए।
उनका अनुसार नयाँ मेसिनबाट कम समयमा उच्च गुणस्तरको र भरपर्दो रिपोर्ट उपलब्ध हुनेछ। मेसिनमा मुटुको ‘थ्रीडी क्यामेरा’सहितको स्क्यान सुविधा, कृत्रिम बौद्धिकता (एआई) र ‘अटो पोजिसनिङ’लगायतका प्रविधि उपलब्ध छन्।
सिटी स्क्यान सेवा २४ सै घण्टा सञ्चालन हुने डा. मुखीले बताए। रेडियोलोजी विभागमा एक जना प्राध्यापक, दुई जना सह–प्राध्यापक, चार जना उप–प्राध्यापक, १५ जना प्राविधिक, दुई जना नर्सिङ कर्मचारी र तीन जना सहयोगी गरी २७ जना कार्यरत छन्।
यसैगरी, कलेजले शनिबारदेखि बिरामीलाई अस्पताल ल्याउन तथा लैजान भेन्टिलेटर सुविधासहितको एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ।
करिब ३३ लाख रुपैयाँ लगानीमा ल्याइएको एम्बुलेन्सबाट २४ सै घण्टा सेवा उपलब्ध गराइने प्रबन्ध निर्देशक अर्यालले बताए। बिरामीलाई सरल, सहज र सुलभ दरमा सेवा उपलब्ध गराउनुका साथै नेपाल सरकारबाट तोकिएको छुटसमेत प्रदान गरिने उनले जानकारी दिए।
कलेजका अनुसार नयाँ सिटी स्क्यान र एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि रुपन्देहीसहित आसपासका जिल्लाका बिरामीलाई उपचार तथा स्वास्थ्य सेवा लिन थप सहज हुनेछ।
भर्खरै
पूर्वप्रहरी र परिवारलाई उपचारमा छुट, केएमसी र नोबेलसँग सम्झौता
परिवार कल्याण महाशाखाका प्रमुख डा.मदन उपाध्यायलाई वीर पठाइयो अन्य कसको कहाँ भयो सरुवा?
त्रिवि शिक्षण अस्पतालमा बेड नपाउँदा उपचार सुरु नहुँदै बिरामीको मृत्यु
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
कपाल र छालाको स्वास्थ्यमा कसरी ध्यान दिने? डा. सौजन सुवेदीको यस्तो सुझाव (भिडियो)
गण्डकीका नौ जिल्लामा डेङ्गी संक्रमण, ८३९ जनामा पुष्टि
धेरै पढिएको
नेपाल औषधि थोक व्यवसायी संघले विभागलाई बुझाए १३ बुँदे सुझाव ,औषधि बजारमा सिन्डिकेट अन्त्य गर्नुपर्ने माग
‘सरकारी उद्योग राष्ट्रका सम्पत्ति हुन् भने निजी उद्योग राष्ट्रकै शक्ति हुन्’
नाबालिकाको डिम्ब किनबेच प्रकरण : डा. नुतन शर्मा हाजिर जमानीमा छुटिन्
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान
चुरोट खाने ५० वर्षमाथिकाले पिसाबमा रगत देखिए किन तुरुन्त जाँच गराउनुपर्छ?
यूसीएमएसमा १२८ स्लाइसको सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु
एक महिनामै जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, ३७ संक्रमित अस्पतालमा




प्रतिकृया दिनुहोस