वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले रिक्त रहेको शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान गरेको छ। समितिको २०८३ साल साउन २६ गते बसेको बैठकको निर्णयअनुसार ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
प्रतिष्ठानको कार्यकारी परिषद्को १७०औँ र १७१औँ बैठकको निर्णयअनुसार रिक्त पदमा नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारबाट आवेदन माग गरेको थियो ।
आवेदन सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ साल भदौ १ गतेसम्म कार्यालय समयमा पेश गर्नुपर्नेछ। इच्छुक उम्मेदवारले प्रतिष्ठानको छैटौँ तलास्थित सोधपुछ कक्षमा आवेदन बुझाउनुपर्नेछ।
दरखास्त फाराम तथा पदका लागि आवश्यक योग्यता र अन्य विस्तृत विवरण प्रतिष्ठानको वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिष्ट्रार र डीनजस्ता महत्वपूर्ण शैक्षिक तथा प्रशासनिक पदमा योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने जनाएको छ।
भर्खरै
पूर्वप्रहरी र परिवारलाई उपचारमा छुट, केएमसी र नोबेलसँग सम्झौता
परिवार कल्याण महाशाखाका प्रमुख डा.मदन उपाध्यायलाई वीर पठाइयो अन्य कसको कहाँ भयो सरुवा?
त्रिवि शिक्षण अस्पतालमा बेड नपाउँदा उपचार सुरु नहुँदै बिरामीको मृत्यु
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
कपाल र छालाको स्वास्थ्यमा कसरी ध्यान दिने? डा. सौजन सुवेदीको यस्तो सुझाव (भिडियो)
गण्डकीका नौ जिल्लामा डेङ्गी संक्रमण, ८३९ जनामा पुष्टि
धेरै पढिएको
नेपाल औषधि थोक व्यवसायी संघले विभागलाई बुझाए १३ बुँदे सुझाव ,औषधि बजारमा सिन्डिकेट अन्त्य गर्नुपर्ने माग
‘सरकारी उद्योग राष्ट्रका सम्पत्ति हुन् भने निजी उद्योग राष्ट्रकै शक्ति हुन्’
नाबालिकाको डिम्ब किनबेच प्रकरण : डा. नुतन शर्मा हाजिर जमानीमा छुटिन्
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान
चुरोट खाने ५० वर्षमाथिकाले पिसाबमा रगत देखिए किन तुरुन्त जाँच गराउनुपर्छ?
एक महिनामै जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, ३७ संक्रमित अस्पतालमा
यूसीएमएसमा १२८ स्लाइसको सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु




प्रतिकृया दिनुहोस