नाबालिकाको डिम्ब किनबेच प्रकरण : डा. नुतन शर्मा हाजिर जमानीमा छुटिन्
काठमाडौं । नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन्। सरकारी वकिलको कार्यालय, ललितपुरले बिहीबार डा. शर्मालाई हाजिर जमानीमा राखेर छाड्न आदेश दिएको हो।बिएन्डबी अस्पतालस्थित आइभिएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालेको आरोपमा प्रहरीले डा. शर्मामाथि अनुसन्धान गरिरहेको छ। उनी पछिल्लो समय फिलिपिन्स गएकी थिइन्। फिलिपिन्सबाट फर्किएपछि निवेदनमार्फत प्रहरीसमक्ष उपस्थित भएकी थिइन्।
उनी बिहीबार बयानमा शर्माले भने कानुन विपरीतको काम नगरेको भन्दै दाबी गरेको स्रोतले बतायो । ‘कानुन विपरीतको काम मैले गरेको छैन । सबै कुरा मन्जुरी भएपछि काम भएको हो,’ डा. शर्माले बयानमा भनेकी छिन् ।
डा. शर्माले आफूसँग उपचारका लागि आउने व्यक्तिको उमेर प्रमाणीकरण तथा कागजात व्यवस्थापन सम्बन्धित कर्मचारीले गर्ने भए पनि प्रस्तुत प्रकरणमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख भएको नागरिकताको कागजात नै संस्थाको अभिलेखमा रहेको बताएकी छन्।
“हामीलाई उपलब्ध गराइएको कागजातमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख छ। त्यही कागजातका आधारमा प्रचलित चिकित्सा प्रक्रिया अपनाइएको हो,” डा. शर्माले भनिन्, “मैले कुनै गैरकानुनी काम गरेकी छैन। वास्तविक तथ्य नबुझी घटनालाई नाबालिगसँग जोडेर दुष्प्रचार गरिएको छ।”
यससँगै अनुसन्धानको महत्त्वपूर्ण पाटो सेवाग्राहीका नाममा पेस गरिएको कागजात वास्तविक थियो वा थिएन तथा गलत उमेर खुलाइएको कागजात कसले र कुन उद्देश्यले उपलब्ध गराएको थियो भन्नेमा केन्द्रित भएको छ। यदि उपचारका क्रममा २१ वर्ष उमेर खुलेको कागजात पेस गरिएको पुष्टि भएमा वास्तविक उमेर लुकाउने पक्षको भूमिका अनुसन्धानको मुख्य विषय बन्ने देखिन्छ।
बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि छाडिएको एसपी मिश्रले बताए ।
यस घटनामा प्रहरीले यसअघि एक महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। साउन १ गते राधिका गोतामेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाएर आइभिएफ क्लिनिकमा पुर्याई डिम्ब निकाल्न लगाएको आरोप छ। डिम्ब निकालेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। डिम्ब निकालेपछि किशोरी बिरामी परेपछि घटना बाहिर आएको थियो।
यसअघि पनि नाबालिकाको डिम्ब तस्करीसम्बन्धी घटनामा अनुसन्धान अघि बढाइएको थियो। तर महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएपछि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारी विवादमा तानिएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
पूर्वप्रहरी र परिवारलाई उपचारमा छुट, केएमसी र नोबेलसँग सम्झौता
परिवार कल्याण महाशाखाका प्रमुख डा.मदन उपाध्यायलाई वीर पठाइयो अन्य कसको कहाँ भयो सरुवा?
त्रिवि शिक्षण अस्पतालमा बेड नपाउँदा उपचार सुरु नहुँदै बिरामीको मृत्यु
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
कपाल र छालाको स्वास्थ्यमा कसरी ध्यान दिने? डा. सौजन सुवेदीको यस्तो सुझाव (भिडियो)
गण्डकीका नौ जिल्लामा डेङ्गी संक्रमण, ८३९ जनामा पुष्टि
धेरै पढिएको
नेपाल औषधि थोक व्यवसायी संघले विभागलाई बुझाए १३ बुँदे सुझाव ,औषधि बजारमा सिन्डिकेट अन्त्य गर्नुपर्ने माग
‘सरकारी उद्योग राष्ट्रका सम्पत्ति हुन् भने निजी उद्योग राष्ट्रकै शक्ति हुन्’
नाबालिकाको डिम्ब किनबेच प्रकरण : डा. नुतन शर्मा हाजिर जमानीमा छुटिन्
वीर अस्पतालमा शिक्षाध्यक्ष, रजिष्ट्रार र डीन पदका लागि दरखास्त आह्वान
चुरोट खाने ५० वर्षमाथिकाले पिसाबमा रगत देखिए किन तुरुन्त जाँच गराउनुपर्छ?
एक महिनामै जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, ३७ संक्रमित अस्पतालमा
यूसीएमएसमा १२८ स्लाइसको सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु




प्रतिकृया दिनुहोस