काभ्रेका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवनमा रोक
सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ। स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा त्यससम्बन्धी नेपाल सरकारको कानुनी व्यवस्था कडाइका साथ लागू गर्न उक्त निर्देशन दिइएको हो ।
समितिले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सार्वजनिकस्थलको तत्कालै अनुगमन गरी तोकिएको स्थानभन्दा १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउन भनेको हो। तोकिएको स्थानमा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउने कार्य कडाईका साथ लागू गर्न जिल्लास्थित १३ वटै स्थानीय तहलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिकस्थलको वरिपरि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई त्यससम्बन्धी कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न पत्राचारसमेत गरिसकेको प्रजिअ अधिकारीको भनाइ छ ।
जिल्लाको बेथानचोक गाउँपालिकाले सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने भएको छ । गाउँपालिकाद्वारा जारी सार्वजनिक सूचनामा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट प्राप्त परिपत्रका आधारमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक तथा संवेदनशील क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण र प्रयोग नगर्न व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा भनिएको छ।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
नेपाल मेडिकल काउन्सिलको भूमिका प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा छलफल
वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
भोटेकोशी बाढीपीडितका लागि मेची आँखा अस्पतालबाट १२ लाख भन्दा बढी सहयोग
मधेस प्रदेशमा स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत
स्वास्थ्य क्षेत्रमा लगानी नबढाए चिकित्सक तथा स्वास्थ्यकर्मी पलायन हुन्छन् : डा.अन्जनीकुमार झा




प्रतिकृया दिनुहोस