एपीएफ इन्स्टिच्युटले सुरु गर्यो नर्सिङ शिक्षा, पहिलो चरणमै ३९ विद्यार्थी भर्ना
सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए ।
कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह ९नर्सिङ० अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ तीन गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।
भर्खरै
ओखलढुङ्गामा ४६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै
दैनिक व्यायामले मुटु मात्रै होइन, क्यान्सर र मानसिक समस्याको जोखिम पनि घटाउँछ : डा. कोइराला (भिडियो सहित)
बारामा करेन्ट लागेर बालकको मृत्यु, ४ घाइते
सल्यानमा स्क्रबटाइफसको संक्रमण बढ्यो, ८८ जनामा पुष्टि
भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ जनाको मृत्यु, ५ हजार ५५० बेपत्ता
आज देशभर वर्षा, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
धेरै पढिएको
वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, प्रमुख बने डा. विनोद राजभण्डारी
आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा फार्मेसीलाई नियमनभित्र समेट्न औषधि व्यवसायीको माग
बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
‘आमा र शिशुको स्वास्थ्यका लागि ६ महिना सुत्केरी विदा आवश्यक’
WHO flags growing health workforce gap as workers and patients age
रोबोटिक सर्जरीदेखि HPV खोपसम्म : महिलाको स्वास्थ्यबारे डा. भगतसँग विशेष भिडियो कुराकानी
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल




प्रतिकृया दिनुहोस